शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

घोषणा भएको १८ महिनापछि विभूषित हुँदै ४५० जना, 'पोशाक कोड' सहित उपस्‍थित हुन सूचना

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४५० जनालाई विभूषित गर्ने गर्दैछिन् । विभूषणका लागि छनोट भएकाहरूलाई शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले विभूषित गरिरहेकी छिन् । १० बजेदेखि विभूषण वितरण सुरु भएको हो । राष्ट्रपतिबाट विभूषित भएकाहरूले विभूषित भएको तस्बिर राखेर सामाजिक सञ्जाल रङ्ग्याउन थालेका छन् ।

मन्त्रालयकाअनुसार, संविधान दिवस २०७६ असोज ३ मा विभूषणनिम्ति घोषित ‘महानुभाव’हरू आज विभूषित हुनेछन् । गत वर्ष नै घोषणा गरिएका मानपद्वी वितरण रोकिएकाले यस वर्ष वितरण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गत वर्ष कोभिड संक्रमणका कारण विभूषण वितरण रोकिएको थियो । अहिले फेरि संक्रमण बढ्न थालेको बेला शीतल निवासमा विभूषण प्रदान गर्न लागिएको हो । 

मन्त्रालयका अनुसार महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पद्वी र अलंकारलगायतका विभिन्न विभूषण प्रदान गर्न लागिएको हो ।

२०७७ सालका विभूषण नयाँ वर्षमा, ‘पोशाक कोड’ सहित उपस्‍थित हुन सूचना
संविधान दिवस २०७७ असोज २ मा विभूषणनिम्ति घोषित विभिन्‍न व्यक्तिहरूलाई नयाँ वर्षमा विभूषित गरिने भएको छ । गृह मन्त्रालयकाअनुसार ०७७ असोजमा विभूषणनिम्ति घोषित व्यक्तिले ०७८ बैशाख १ मा राष्ट्रपति कार्यालय शीतलनिवासमा विभूषित गरिने भएको हो । 

गृह मन्त्रालयद्वारा जारी सूचनामा तोकिएको पोशाकसहित उपस्थित हुन अनुरोध गरिएको छ, जसमा निजामती कर्मचारीले ग्रे वा कालो कोटसहितको औपचारिक पोशाकमा पट्टासहित उपस्थित हुन भनिएको छ । त्यस्तै सुरक्षा निकायका व्यक्तिलाई ट्यूनिक, एक्युलेट, ग्याठ बुटसहित औपचारिक पोशाकमा उपस्थित हुन भनिएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको विभूषण समितिले विगत तीन वर्षदेखि विभिन्न व्यक्तिहरूलाई विभूषण निम्ति सिफारिस गर्दै आएको छ । राष्ट्रपतिले प्रदान गर्ने विभूषण प्रत्येक वर्ष विवादमा पर्दै आएको छ । सत्ता निकटकालाई विभूषण दिने गरिएको आरोप प्रत्येक वर्ष लाग्दै आएको छ । 

यो पनि 

बधाई पाएको १८ महिनापछि विभूषित तस्बिरले सामाजिक सञ्‍जाल रंग्याउन पाउँदै