नेपाली डिफेन्डर कुलदिप भारतीय क्बलमा

काठमाडौँ – नेपालको ए डिभिजन लिग टिम जावलाखेल युथ क्लबका कप्तान कुलदिप कार्कीले भारतीय फुटबल क्लब रेलवे एफसीका लागि खेल्ने भएका छन् ।
कलकत्ताको रेलवे एफसीले डिफेन्डर कार्कीलाई अनुवन्धन गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ । रेलवेले वेस्ट बंगालको कलकत्ता फुटबल लिग (प्रिमियर डिभिजन ए) क्लब हो । त्यसैका लागि क्लबले कार्कीलाई अनुबन्धन गरेको हो ।
कार्की जावलाखेल युथको युवा टिमबाट फुटबलको सुरुवात गरेका थिए । उनले गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए । लिगमा १४ टिममध्ये जावलाखेल नवौँ भएको थियो ।
कार्कीले नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा चितवन एफसीका लागि खेलेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया