गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो
दल त्याग गरेको सूचना संसद् सचिवालयमा

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई कारबाही गरेको सूचना संसद् सचिवालयमा दिइएको छ । नेकपा एमाले प्रवेश गरेका थापा र खड्काले दल त्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए । उनकाअनुसार माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयअनुसार दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिइएको हो । थापा सरकारका गृहमन्त्री समेत हुन् ।
सर्वोच्च अदालतको आदेशपछि तत्कालीन नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए । एमाले र माओवादी ब्युँतिए पनि माओवादीका केही सांसद् पार्टीमा नफर्कि एमाले प्रवेश गरेका थिए । उनीहरूलाई कारबाही गरेको हो ।
माओवादीले सोमबार आफ्ना चार जना प्रतिनिधि सभा सदस्यले दल त्याग गरेको सूचना संसद् सचिवाललाई दिएको थियो । वर्तमान सरकारमा मन्त्री समेत रहेका लेखराज भट्ट (कैलाली-४), टोपबहादुर रायमाझी (अर्घाखाँची-१) प्रभु साह (रौतहट-३) र गौरी शंकर चौधरी (कैलाली-३) बाट निर्वाचित सांसदहरूले दल त्याग गरेको पत्र सचिवालयलाई दिएको थियो ।
सोही पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रले पठाएको पत्रको आधारमा चार सांसद पदमुक्त भएको जानकारी गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया