शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

एउटै मञ्‍चमा देउवा र पौडेलबीच भनाभन, भाषणमा सवाल-जवाफ

काठमाडौँ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्‍ठ नेता रामचन्‍द्र पौडेल शुक्रबार एउटै मञ्‍चमा देखिए । नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को उद्घाटन सत्रमा देखिएका सभापति देउवा र नेता पौडेलबीच भाषणमा मात्रै होइन मञ्‍चमै घोचपेचसमेत चल्‍यो । मञ्‍चमासँगै बसेका सभापति देउवा र नेता पौडेलबीच भनाभन भएपछि उद्घोषकले त्यसलाई विवादका रूपमाभन्दा छलफलका रूपमा बुझिदिन भनेरै आग्रह गर्नुपर्‍यो । 

भएको के हो ? 

सभापति देउवाभन्‍दा अघि सम्‍बोधन गर्न 'पोडियम' पुगेका पौडेलले सभापति देउवाको आलोचना गरे । उनले संसद्‍मासमेत कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको संकेत गरे । ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो कि गरेन ?  कसरी गर्‍यो ? यसको पनि लेखाजोखा इतिहासमा हुनेछ,' पौडेलले भने ।  

उनी यतिमै रोकिएनन् । देउवाले चुनाव चुनाव भनेर ओलीसँगै स्‍वर मिलएकोसमेत आरोप लगाए । 'यहाँ चुनाव-चुनाव मात्रै भनेर सुख पाइँदैन । अहिलेको निरंकुशतातिर बढिरहेको यो सत्ताको विकल्‍प रोज्‍नुपर्छ । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो । हाम्रा साथीहरूको पनि नारा त्यही हो,’उनले भने ।

वर्तमान सरकारलाई हटाउने एउटा मौका यसअघि नै गुमाइसकेको बताउँदै अब मौका गुमाउन नहुने पौडेलको भनाइ छ । 'अब एउटा मोका त हामीले अस्तिनै गुमाइ सक्‍यौँ । जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन् । त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा मौका गयो । यति मात्रै भन्छु । जोखाना फेरि पनि हेरेर यो मौका गुमाउने र पछि टाउको समातेर रुने यो कुरा हुँदैन ।'

पौडेलले यति भनेर मञ्‍मा पुगेपछि देउवा जंगिएका थिए ।  केही बेर मञ्‍चमै दुई नेताबीच भनाभन भयो । केही बेरको भनाभनपछि मञ्‍च उक्‍लेका देउवाले सुरुमै हँसाए । मञ्चबाट उठेर भाषण गर्न 'पोडियम'मा पुगेका देउवाले पौडेलजीले बोलेकाले आफूले जवाफ दिन बाध्य भएको भन्दै भाषण सुरु गरे । 'प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । संसद्‍मा हाम्रो संख्या नपुगेर हामीले बैठक त बोलाउन सकेनौं । यो वास्तविकतालाई बुझ्नु पर्‍यो सबैले,' देउवाले जवाफ दिन सुरु गरे । 'कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ ।  चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले बिर्सिसर्केसके ।