विश्वप्रकाश शर्माको टिप्पणी : एमाले–माओवादी एकता तोरी र कोदो जस्तो !
काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिस्ट पार्टीको एकता तोरी र कोदो जस्तो भएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदो जस्तो भएको टिप्पणी गरेका हुन् ।
प्रवक्ता शर्माले कोदो र तोरीले भिन्नभिन्नै विशेषता बोकेको भए पनि एकै ठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको बताए । सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्नसमेत उनले कर्मचारीलाई सुझाव दिए।
‘दुईवटैले मुठ्ठी बटारेका छन्, दुईवटैले लालसलाम भनेका छन्, उस्तैउस्तै लाग्यो, उहाँले एकता गर्नुभयो, त्यो तोरी र कोदोको एकता जस्तो थियो, एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो, तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कदैन, पिना मात्रै निस्कन्छ,’ प्रवक्ता शर्माले भने,‘३ वर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओलीजीको शासनबाट, त्यसैगरी उहाँको मन्त्री जीले पनि मौरी र झिंगाको भेद देख्नुभएन, म तपाईहरुलाई आग्रह गर्दछु, चित्त दुखाएर बस्ने काम छैन, बरु जसको दृष्टिदोष छ,तिनलाई बदल्ने छौ र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौँ भनेर संकल्प लिनुपर्छ ।’
शर्माले कर्मचारीतन्त्र भनेको स्थायी सरकार भएको र सुशासनको क्षेत्रमा स्थायी सरकारले गर्ने कामबारे सधैँ सचेत भई प्रशासनतन्त्रलाई लोकतान्त्रिकरण गर्दै अघि बढ्न सबैलाई आग्रहसमेत गरेका छन् ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया