चेल्सीले युवा मिडफिल्डर कार्ने भित्र्याउँदै
काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले एस्टन भिल्लाका युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई भित्र्याउने सम्झौता गरेको छ । चेल्सीले कार्नेलाई २० मिलियन पाउन्डमा भित्र्याउने सम्झौता गरेको बीबीसीले जनाएको छ ।
नयाँ सम्झौता गर्न अस्विकार गरेपछि भिल्लाले १८ वर्षीय कार्नेलाई प्रि-सिजन टूर अन्तर्गत अष्ट्रेलिया भ्रमणका लागि टिममा समावेश गरेको थिएन । उनको सम्झौता अर्को वर्ष अन्त्य हुँदैछ ।
यू-१९ युरोपियन च्याम्पियनसीपमा इंग्ल्यान्डका लागि खेलेका कार्नेले गत सिजनको प्रिमियर लिगमा भिल्लाका लागि १२ खेल खेलेका थिए ।
स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब एसी मिलान तथा जर्मन क्लब बोरुसिया डर्टमन्डले समेत कार्नेलाई भित्र्याउने पहल गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया