सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

काठमाडौँ- सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना-२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ ।
सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्यौट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् ।
त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया