शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

भीम रावलको प्रश्‍न : 'तक्मामा नयाँ नक्‍सा नराख्‍नु विदेशी गुप्तचरहरूसँगको मन्त्रणा त होइन ?'

फाइल तस्बिर

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्‍न तक्मा र पदकसहित विभूषितबारे नेकपा एमालेका नेता भीम रावलले प्रश्‍न गरेका छन् । शनिबार रावलले ट्‍वीट गर्दै नेपालको पूरानै नक्‍सा राखेको भन्दै प्रश्‍न गरेका हुन् ।

नेपालको नयाँ नक्‍सा नराख्‍नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले तत्‍काल जवाफ दिनुपर्ने बताएका छन् । त्यस्तै नयाँ नक्‍सा नराख्‍नुको कारण बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचरसमेतका व्यक्तिहरूसद्दगको मन्त्रणा त होइन ? भन्‍दै रावलले प्रश्‍न गरेका छन् ।

'राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरून्त जवाफ दिनुपर्छ' रावलले प्रश्‍न गरेका छन् 'यसो हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?'