आइपीएलमा दिल्लीले चेन्नाईलाई हरायो

काठमाडौँ : इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नाईलाई हराएको छ । शनिबार राती भएको खेलमा दिल्लीले चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो ।
चेन्नाईले दिएको १८९ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर ८ बल बाँकी छँदै भेट्टायो । उसका लागि शिखर धवनले ८५ र पृथ्वी शाले ७२ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
उसका लागि सुरेश रैनाले ५४, मोइन अलिले ३६ र साम कुरानले ३४ रन बनाए । जितसँगै दिल्ली २ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि नेट रनरेटका आधारमा बेंग्लोर दोस्रो स्थानमा छ । आइपीएलमा आज हैदरावाद र कोलकत्ता खेल्नेछन् ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया