बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी

काठमाडौँ : दक्षिण अफ्रिकासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । शनिबार राती भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि एडेन मरक्रम र हेनरिक क्लिसेनले अर्धशतक बनाए । 

१८९ रनको चुनौति पछ्याउँदै जवाफी ब्याटिङ गरेको पाकिस्तानले एक बल बाँकी ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ७४ रन बनाए ।

जितसँगै तीन खेलको टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । यसअघि भएको एकदिवसीय सिरिज पाकिस्तानले २-१ ले जितेको थियो ।