पराजयपछि म्यानचेस्टरका प्रशिक्षक हागले खेलाडीलाई दौडाए १४ किलोमिटर
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डविरुद्ध लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले खेलाडीहरूको छुट्टी कटौती गरेका छन् ।
त्यतिमात्र नभएर हागले खेलाडीहरुलाई प्रशिक्षण बाहेक १३.८ किलोमिटर दौडिन लगाएको गोल डटकमले जनाएको छ । लिगको दोस्रो खेलमा युनाइटेडले ब्रेन्टफोर्डविरुद्ध ४-० को पराजय भोगेको थियो । जबकी पहिलो खेलमा ब्राइटनसँग २-१ ले पराजित भएको थियो ।
युनाइटेडले अब अगस्ट २२ मा लिभरपुलविरुद्ध खेल्ने तालिका रहेको छ र त्यसअघि ब्रेन्टफोर्डविरुद्धको खेलपछि हागले खेलाडीहरुलाई विश्राम दिने योजना बनाएका थिए ।
तर ब्रेन्टफोर्डविरुद्धको लज्जास्पद पराजयपछि आइतबार हागले अभ्यास मात्र गराएनन् खेलाडीहरुलाई थप करिब १४ किलोमिटर दौडन लगाए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया