बंगलादेशसँगको खेलका लागि युगल र विनोद प्रशिक्षक नियुक्त

काठमाडौँ- बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि युगल किशोर राई नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका रहेको छ ।
उक्त खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राईलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । यता एन्फाले विनोद डंगोललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको छ ।
गत सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राई हिमालयन शेर्पा क्लबका प्रशिक्षक तथा डंगोल मनाङ मर्स्याङ्दी क्लबको गोलरक्षक प्रशिक्षक थिए ।
प्रदिप हुमागाइँ टिमका मुख्य प्रशिक्षक हुन् र उनले बन्द प्रशिक्षणका लागि ४० खेलाडी समेत बोलाएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया