शिवपुरीमा डढेलो : सेनासँग थिएन र पानी बोक्न हेलीकोप्टर ?

काठमार्डौँ : नार्गजुन जंगल क्षेत्रमा डढेलो लागेपछि त्यहाँको आगो निभाउन प्रहरी प्रशासनले माथिको आदेश भन्दै हेलिकोप्टरको उपयोग गरेको छ । उक्त उपयोग पहिलो पटक गरिएको र उक्त निजी क्षेत्रको हेलिकोप्टरले आठ पटक पानी ओसारेर छर्केको भए पनि त्यो प्रभावकारी हुन नसकेको नेपाली सेनाका अधिकारीहरुले बताए ।
हेलिकोप्टरबाट पानी छर्कदा बलि रहेको आगोलाई उल्टो अक्सिजन मिले झै भएको फिल्डमा उत्रेकाहरुले जानकारी दिएपछि सेना र प्रहरीले उल्टो कार्य भए झै लागेको भन्दै आन्तरिक छलफल गरेका छन् । मन्त्रीपरिषदले निजी क्षेत्रमा पर्यटन बोक्न नपाएर सुस्ताएको केही कम्पनीलाई उद्धार गर्ने स्वरुप हेलिकोप्टरमा पानी लगेर भए पनि आगो निभाउने भन्दै त्यस्तो निर्णय लिएपछि प्रशासनले पहिलो पटक यस्तो कार्य अघि बढाएको हो ।
फिल्डमा उत्रेका सेना र प्रहरीले सेउला, माटो, नजिकको पानीको मुहानबाट पानीको प्रभाव लगागतका अनेकन कार्य गर्दै डढेलो नियन्त्रणमा लिएको हो । हेलिकोप्टरबाट नै पानी लगेर छर्कने हो भने साना हेलिकोप्टरबाट होइन नेपाली सेनाको एम आई १७ हेलिकप्टर नै प्रयोग गर्न सकिन्छ । अहिले बोक्ने केही ड्रम पानी भन्दा कैयन गुणा पानी कोक्न सक्ने हेलिकोप्टर सेनासँग छ ।
तर, प्रशासनले अचानक बाह्य कम्पनीलाई सरकारले यसरी उपयोग गरेको भन्दै नेपाली सेना भित्र बहस भएको छ । तर, किन सरकारले निजी क्षेत्रका कम्पनीलाई जोड दिइएको भन्दै सेना तथा प्रहरी भित्र बहस भएको एक अधिकारीले बताए । काम गर्ने सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी अनि माथिबाट पानी राखेको भन्दै हेलिकोप्टरबाट पानी राखेको भन्दै सरकारले ‘स्टन्ट’ देखाउने काम गरेको बताए ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया