२ वर्षपछि विराटनगरमा ५४ औं राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा विराटनगरमा आज शनिबार निकालिँदैछ । कोभिड महामारीले दुई वर्षदेखि रोकिएको रथ यात्रालाई यसपटक स्वास्थ्य मापदण्ड अपनाएर निकाल्न लागिएको हो ।
विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह ३ बजे रथ निकालिने तयारी रहेको राधाकृष्ण रथ यात्रा मुल समितिका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । वि.सं. १९८८ मा खट यात्राबाट सुरु भएर २०२४ सालदेखि विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष राधाकृष्ण रथयात्रा निकालिँदै आएको छ । अघिल्लो वर्ष कोभिड महामारीका कारण झाँकीरहित खट यात्रा निकालेर रथ यात्रालाई निरन्तरता दिइएको थियो । यसपटक पनि कोभिडकै कारण झाँकीहरु नरहने मूल आयोजक समितिले जनाएको छ ।
रथलाई तान्नका लागि नेपाल प्रहरीको तालिममा रहेका एक सयजना जवानहरु परिचालन हुने जनाइएको छ । राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा जलजला मोड हुँदै रोडषेश चाेक पुग्नेछ । त्यहाँबाट महेन्द्र चोक फर्किने र बरगाछी चोकबाट पुनः राधाकृष्ण मन्दिरमै रथ फर्काइने तयारी रहेको समितिका उपाध्यक्ष राठीले जानकारी दिए ।
उक्त रुटमा रथलाई विभिन्न २२ स्थानमा रोकेर श्रद्धालुहरुलाई रथ यात्राको दर्शन गराउने व्यवस्था मिलाइएको उनले बताए । कोभिड–१९ को संक्रमण कायमै रहेका कारण स्थानीय प्रशासनले रथ यात्राका लागि अनिच्छा देखाउँदै आएको थियो । अन्य सवै जातजातिको धार्मिक तथा सांस्कृतिक पर्वहरु निर्वाध रुपमा भइरहेको तर राधाकृष्ण रथयात्रा मात्रै रोक्न खोजिएको भन्दै चर्को बहस र दबाब अभियानहरु सञ्चालन हुन थालेपछि अन्तिम समयमा आएर मूल समारोह समिति र सुरक्षा निकायबीच मापदण्ड अपनाएर मात्रै रथयात्रा गर्ने सहमति भएको थियो ।
यसपटक रथसँगै ऐतिहासिक खट यात्रा पनि निकालिने जनाइएको छ । रथलाई डोरीले तानिने र खटलाई गाडीमा राखेर सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । रथ १८ फिट अग्लो भएका कारण नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा रथ यात्राको रुटमा पर्ने विद्युतका तारहरुको व्यवस्थापन गरिएको छ । विराटनगरको राधाकृष्ण रथ यात्रालाई भारतको जगन्नाथ पुरीको रथ यात्रापछिको एशियाकै ठुलो रथयात्रा मानिँदै आएको छ ।
रथ यात्राको अवलोकन गर्न विगतमा भारतबाट समेत हजारौं भक्तजनहरु नेपाल आउने गरेका थिए । विगत वर्षमा भएका रथयात्रामा करिब पाँच लाख मानिसको सहभागिता रहने गरेको आयोजक समितिको दाबी रहँदै आएको छ । यस वर्ष भने स्वास्थ्य मापदण्ड अपनाएर मात्रै रथयात्रामा सहभागी हुन पाउने व्यवस्था गरिएका कारण भक्तजनहरुको संख्या कम हुने जनाइएको छ ।
रथयात्रामा अगाडि पछाडि दमकल, एम्बुलेन्स लगायतका अत्यावश्कीय सेवाका साधनहरु रहनेछन् ।
३२ क्विन्टल उखुको जुस र दुई सय किलो दुधको खिर
यसैबीच दुई वर्षपछि हुन लागेको राधाकृष्ण रथयात्रामा सहभागी हुने भक्तजन र रथ यात्राका सहभागीहरुलाई खुवाउन भन्दै विराटनगरमा ३२ क्विन्टल उखुको जुस र २०० लिटर दुधको खिर व्यवस्था गरिएको छ । विराटनगरका उद्योगी व्यवसायीहरु सम्बद्ध हेल्पिङ हेण्डस् राधे राधे नामक समुहले एक हजार रुपैयाँ उठाएर संकलन गरेको रकमबाट रथ यात्राका लागि सहभागी र भक्तजनहरुका लागि जुस र खिरको व्यवस्था गरिएको हो ।
जुस निकाल्ने उखु भारतबाट ल्याइएको हो । त्यसलाई पेलेर करिब १५ हजार ग्लास जुस तयार गरिने उक्त समूहका पिन्टु अग्रवालले जानकारी दिए । जुसमा चाहिने बरफ, कागती र पुदिना लगायतका खाद्यवस्तु भने विराटनगरमै तयार गरिएको उनले बताए ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_ttZhEMatQh_xqgosreh1hj1mceigjri5smsbuek6h0wfhwfxskmyb6qghnkmxubbpuloh08.jpg)
प्रतिक्रिया