प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने ?
काठमाडौँ : नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले संसोधित नयाँ नक्सा कहाँ लग्यो भन्दै सरकारलाई प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै भुसालले चैत २७ गते विभुषण प्रदान गर्दा नयाँ नक्सा प्रयोग नभएको भन्दै आपत्ति जनाएकी हुन् ।
‘अहिलेको सरकारले राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने । चैत २७ गते विभुषण प्रदान गर्दैगर्दा संसदीय अभ्यासबाट सर्वसम्मत नयाँ नक्सा पारित गरेको थियो,’ उनल भनिन्, ‘नक्सा पारित भयो अब यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर संसदले निर्देशन पनि गरेको हो ।’
उनले नक्सा संसोधनपछि भूमि फिर्ता ल्याउने, नक्सामा समेटिएका क्षेत्रमा पूर्वाधार निर्माण नभएको, पाठ्यक्रममा नयाँ नक्सा राख्न सरकारले रोकेको भन्दै उनले सरकारप्रति आक्रोश पोखिन् ।
‘राष्ट्रपतिबाट विभुषण प्रदान भएको छ । नक्सा संसोधन प्रतिक समावेश छैन सरकारले जिम्मा लिने कि नलिने ? यो गम्भीर भुल सरकारले किन गर्याे ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘प्रधानमन्त्रीले संसदमा आएर यसको जवाफ दिनुपर्छ । मुलुकमा विकास मात्र भइरहेको छ भनेर प्रधानमन्त्रीले भ्रम छरिरहनु भएको छ ।’
उनले तत्काल एमसीसीलाई सदनमा पेश गर्नुपर्ने पनि बताइन् । ‘एमसीसी पास गर्नुपर्छ भनेर सरकारी पक्षले भन्छन् । एमसीसीलाई टेबुल नगर्ने, पास गर्न नदिने, अभिव्यक्ति पनि आइरहेका छन्,’ उनले भनिन्, ‘यसलाई तुरुन्त अघि बढाउन हामी आग्रह गर्दछौँ ।’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया