कार्यकर्तालाई माधव नेपालको सर्कुलर : अघि बढौं, जित निश्चित छ

काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल समूहले सर्कुलर जारी गरेर अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोध्नु हाँस्यासपद भएको टिप्पणी गरेको छ । आन्तरिक सर्कुलर जारी गर्दै माधवकुमार नेपालले आफ्नो पक्षको राष्ट्रिय भेला र त्यसको निर्णयबाट केपी ओली गुट आत्तिएको बताएका हुन् ।
‘हाम्रो राष्ट्रिय कार्यकर्ता भेला र त्यसले गरेका निर्णयबाट अत्तालिएर केपी ओली गुटले कमरेडहरू वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कथित स्पष्टीकरण सोध्ने र पार्टी सदस्यबाट निलम्बन गर्ने जस्ता हास्यास्पद कार्य गरेको छ,’ माधव नेपालले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘कथित स्पष्टीकरणको प्रत्युत्तरको रूपमा अध्यक्ष केपी ओलीलाई नै प्रतिस्पष्टीकरण सोधिएको छ र कथित निलम्बनकाविरुद्ध संयुक्त वक्तव्य जारी गरिएको छ । यी सबै सामग्री संग्रहित गरेर पुस्तिकाको रूपमा प्रकाशित गरी छिटै पे्रषित गरिने छ ।’ त्यस्तै नेपालले केपी ओली पराजित गरेर आफ्नो समूहको जित निश्चित रहेको दाबी गरेका छन् ।
यस्तो छ सर्कुलर पत्र

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया