शिक्षकमा कोभिड देखिएपछि बुटवलस्थित कालिका मानविज्ञान माविको पठनपाठन बन्द

बुटवल : शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि बुटवलस्थित कालिका मानविज्ञान माविको पठनपाठन बन्द भएको छ । गतसाता पश्चिम नेपालका विभिन्न स्थानको शैक्षिक भ्रमण गरी फर्किएका विद्यालयका शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनालले बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । खनालले भ्रमणमा गएका शिक्षकहरूमध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि नै विद्यालय बन्द गरिएको जानकारी दिए। विद्यालयबाट प्रधानाध्यापकसहित करिब १ सय जना शिक्षकहरू शैक्षिक भ्रमणको लागि गएका थिए । तीमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरु शिक्षकहरू पनि होम आइसोलेसनमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै बुटवल १२ ढवाहस्थित ग्लोबल पिस पार्कमा रहेका ब्रम्हाकुमारीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । पिस पार्कमा रहेका ४ जना ब्रम्हाकुमारीमा कोरोना संक्रमण देखिएपछि पिस पार्क समेत बन्द गरिएको हो ।
पछिल्लो साता रुपन्देही लगायतका क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । सोमबार मात्रै बुटवल कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा मृत्यु हुने संक्रमितको संख्या १ सय ५७ पुगेको छ । त्यस्तै सोमबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया