हिमालयन र बैंक अफ काठमाडूले चीनबाट फिर्ता पाए १ अर्ब ८७ करोड

काठमाडौँ - चिनियाँ बैंकको काउन्टर ग्यारेन्टीमा फसेको पैसा नेपाली बैंकले फिर्ता पाएका छन्। बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चिनियाँ बैंकको काउन्टर ग्यारेन्टीमा फसेको पैसा फिर्ता पाएका हुन् । मेलम्ची खानेपानी आयोजनाको काममा विभिन्न आरोप लगाउँदै ठेकेदार कम्पनी चाइना रेल्वेले काम छाडेपछि हिमालयन र बिओकेले उक्त काउन्टर ग्यारेन्टी वापतको रकम फसेको पैसा फिर्ता पाउन सफल भएको हो।
चीनमा यी दुई बैंकको पक्षमा मुद्दाको फैसला भएसँगै १० वर्षपछि बीओकेको करिब १ अर्ब ३ करोड (६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख ११ हजार यूरो) तथा हिमालयनको करिब ८४ करोड रुपैयाँ (६६ लाख अमेरिकी डलर) काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आएको छ ।
विगत १० वर्षदेखि चलिरहेको मुद्दा जितेपछि हिमालय बैंक र बैंक अफ काठमाडूले काउन्टर बसेको रकम फिर्ता पाएका हुन्। बैंक अफ काठमाण्डू र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार चाइना रेल्वेको चाइना कन्स्ट्रक्सन बैंकको बैंक ग्यारेन्टीलाई काउन्टर ग्यारेन्टी दिएका थिए । नेपालमा विदेशी बैंकको बैंक ग्यारेन्टी (जमानत) नचल्ने भएकाले नेपाली बैंकहरू चिनियाँ कन्स्ट्रक्सन बैंकको जमानतको आधारमा काउन्टर ग्यारेन्टी बसिदिएका थिए । उता बैंक अफ काठमाडौँ र हिमालयन बैंकले काउन्टर बसिदिए बापतको पैसा चाइना कन्स्ट्रक्सन बैंकसँग मागेपनि चिनियाँ ठेकेदारले अदालतबाट स्टे अर्डर लिएको भन्दै चिनियाँ बैंकले पैसा दिएन।
मेलम्चीको ठेक्का तोडेर चिनियाँ कम्पनी भागेपछि मेलम्ची आयोजनाले ती दुई बैंकबाट पैसा फिर्ता मागेपछि मुद्दा सर्वोच्चसम्म पुगेको थियो। सर्वोच्चमा बैंकले मुद्दा हारेपछि मेलम्ची आयोजनाले पैसा फिर्ता पाएको थियो।
यता मेलम्ची आयोजनालाई पैसा तिर्नुपरेको र चीनबाट पैसा फिर्ता नआएपछि बैंकहरू काउन्टर बसेको चाइना कन्स्ट्रक्सन बैंकसँग पैसा फिर्ताको लागि दबाब दिन थाले। तर चिनियाँ बैंकले चाइना रेल्वेले अदालतमा मुद्दा हालेको र अदालतले स्टे अर्डर दिएको भन्दै पैसा फिर्ता दिन मानेन। पैसा नपाएपछि हिमालयन र बिओकेले पुन: उच्च अदालत गएका थिए । उच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेर पुन: जिल्ला अदालत पठाएको थियो। ठेकेदार कम्पनीले पुन: अपिल गरेको थियो तर उक्त मुद्दा हारेपछि पुन: गरेको अपीलमा पनि हारेपछि नेपाली बैंकले पैसा पाएका हुन् । यस मुद्दामा वरिष्ठ अधिवक्ता गान्धी पण्डितले नेपाली बैंकको तर्फबाट बहस गरेका थिए । पण्डितले सर्वोच्चमा मेलम्ची आयोजनाको पक्षबाट समेत बहस गरी मुद्दा जिताएका थिए।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया