आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

मैले लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्न दिएनन् : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने र लकडाउन हुन्छ भनेर चलाएको हल्ला भ्रम मात्रै भएको दाबी गरे ।

साथै उनले आफूले वर्षौ लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्न नदिइएको गुनासो गरे । ‘मैले लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्ने वातावरण भएन’ उनले भने, ‘एमसिसी कांग्रेस र माओवादी सरकारको पालामा सहमति भएको थियो । अहिले एमसीसी पास गर्ने वातावरण भएको छैन् ।’

साथै उनले आफूले राम्रो गर्दा पनि त्यसको चर्चा हुन नसकेको बताए । यस वर्ष सडकमा कोही अलपत्र बालबालिका नदेखिने र भिख माग्दै हिड्ने मानिस पनि देख्ने नपर्ने दाबी गरे । साथै उनले हल्लाका पछाडि नलाग्न पनि सबैलाई आग्रह गरे ।