कैलालीमा चार सय घर डुबानमा

कैलाली- कैलालीमा गएराति भएको वर्षाका कारण करिब चार सय घर डुबानमा परेका छन् । गएराति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले जिल्लाभर ३८० भन्दा बढी घर डुबानमा परेको हो । भजनी नगरपालिकामा सबैभन्दा बढी डुबानमा परेको छ । भजनी भएर बग्ने काँढा, पथरैया, मोहना नदीको बाढीले ३२७ जति घर डुबानमा परेको भजनीका पत्रकार जयबहादुर बुढाले बताए ।
उनका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ । घरहरूमा पानी पसेर खाद्यान्न, अन्न भिजेको जनाइएको छ । यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका-७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेका छन् ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया