नयाँ वर्षको छुट्टी मनाउन स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना, ४ को मृत्यु

बुटवल : नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार लु १ ज १६५५ नम्बरको सार्वजानिक सवारी प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई भिंग्रीस्थित स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले बताए । अन्य केहीको अबस्था पनि गम्भीर रहेको उनले बताए ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया