सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै

कैलाली - आज गौरा पर्वको मुख्य दिन सुदूरपश्चिममा धुमधामसँग मनाइँदैछ । अठ्यावाली (दुर्वाष्टमी) का दिन गौरामाताको पूजाआजा गरिन्छ भने हिजो विवाहित व्रतालु महिलाहरुले चढाएको दुबोधागो आज ग्रहण गर्ने गर्दछन् ।
आजका दिन महिलाहरू व्रत बसेर शिव र पार्वतीको पूजापाठ गर्ने, हिजो गौरा घरमा लगिएकी गौरालाई टाउकोमा राखेर खेल खेल्दै पूजा गरी बिरुडा सिरमा चढाउने गर्दछन् । गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर भिजाउने गर्दछन् ।
जसलाई बिरुडा भन्ने गरिन्छ । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने गर्दछन् भने सप्तमीका दिनमा गौरालाई भित्र्याउने गर्दछन् ।
गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराको विशेष पूजा गर्ने चलन रहीआएको छ । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । यहाँ रहेका मठमन्दीरहरुमा आजको दिन विशेष पुजाआजा गरि देउडा समेत खेल्ने गरिन्छ ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया