गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कञ्चनपुर - भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो ।
पहिलो दिन दुई सुत्केरीले सेवा पाएको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए । `एम्बुलेन्सको भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपयको ज्यान जाने गरेको छ”, उनले भने, “नगरभित्रका विपन्न वर्गले पैसा अभावकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरेका हौँ ।`
नगर उप–प्रमुख निलम लेखक जोशीले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको बताइन् । `निर्वाचनका बेला जनतामाझ गरेका वाचा अनुसार यो सेवा सुरु गरेका हौँ`, उनले भने, `यो सेवा निरन्तर रुपमा चल्छ ।`
भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले नगरपालिकासँग एउटा मात्रै एम्बुलेन्स भएकाले महाकाली प्रादेशिक अस्पताल, नेपाल रेडक्रस सोसाइटी र परिवार नियोजन सङ्घसँग भाडामा एम्बुलेन्स लिने सम्झौता गरिएको बताए । `सुत्केरी र गर्भवतीलाई अस्पताल ल्याउने तथा घर पुर्याएबाफतको रकम नगरपालिकाले भुक्तानी गर्छ`, उनले भने–`यसबाट विशेष गरी विपन्न समुदायलाई सहयोग पुग्छ ।` रासस

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया