वायरलेस चार्जरबाट ३० मिटर टाढाको उपकरण चार्जमा सफलता

काठमाडौंँ - अन्वेषकहरूले ३० मिटर टाढासम्म हावामा वायरलेस ऊर्जा प्रसारण गर्ने नयाँ विधि पत्ता लगाएका छन्। अन्वेषकहरू इन्फ्रारेड लेजर प्रकाश प्रयोग गरेर ४०० मेगावाटको विद्युतीय ऊर्जा ३० मिटरको दूरीमा प्रसारण गर्न सफल भएको हुन् ।
सेजोङ युनिभर्सिटीका वैज्ञानिकहरूले इन्फ्रारेड लाइटको प्रयोग गरी ३० मिटरभन्दा अग्लो ताररहित चार्जिङ प्रणाली विकास गरी, कोठामा सेटअप गर्न सकिने ट्रान्समिटर, साथै इलेक्ट्रोनिक उपकरणहरूमा समावेश गर्न सकिने रिसिभर प्रयोग गरेका थिए। ‘डिस्ट्रिब्युटेड लेजर चार्जिङ’ नाम दिइएको यस प्रविधि हाल नजिकै रहेमात्र चार्ज हुने भन्दा निकै एडभान्स रहेको अनुसन्धान टोलीको निस्कर्ष छ।
यसमा साना उपकरणहरू चार्ज गर्न सकिने वैज्ञानिकहरूको दाबी छ । यस प्रविधिलाई थप परिस्कृत गरी आगामी दिनमा वायरलेसबाटै ऊर्जा प्रसारण गर्न सकिने वैज्ञानिकहरूको दाबी छ। साथै प्रयोगमा नभएको समयमा लेजरले विद्युतीय ऊर्जालाई स्वतः कम गर्ने हुनाले यो निकै नै सुरक्षित रहेको पनि बताइएको छ । यसलाई ‘डिस्ट्रिब्युटेड लेजर चार्जिङ’ भन्ने नाम दिइएको छ जुन अन्य वायरलेस चार्जिङहरूको तुलनामा प्रभावकारी र सुरक्षित हुने अनुमान गरिएको छ ।
ट्रान्समिटरले १ हजार ५ सय ५० न्यानोमिटरको केन्द्रीय तरंगदैर्ध्यको साथ इन्फ्रारेड प्रकाशको किरण उत्पादन गर्न एर्बियम-डोपड फाइबर एम्पलीफायर प्रयोग गरी अप्टिकल पावर स्रोतको रूपमा काम गर्दछ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

प्रतिक्रिया