फ्रेन्च मिडफिल्डर पोग्बाले विश्वकप गुमाउने सम्भावना

काठमाडौँ- फ्रेन्च मिडफिल्डर पल पोग्बाले कतारमा यसै वर्ष हुने फिफा विश्वकप फुटबल गुमाउने सम्भावना बढेको छ । इटालियन क्लब युभेन्टसका मिडफिल्डर पोग्बाले घुँडाको शल्यक्रिया गरेका कारण उनले विश्वकप गुमाउने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
२९ वर्षीय पोग्बाले गत जुलाईमा घुँडाको चोट बोकेका थिए र त्यसयता उनले खेलेका छैनन् । विश्वकप अन्तर्गत फ्रान्सले आफ्नो पहिलो खेल अष्ट्रेलियाविरुद्ध नोभेम्बर २२ तारिखमा खेल्ने तालिका रहेको छ ।
इटालीका फुटबल लिग सिरि ए विश्वकपका लागि नोभेम्बर १३ बाट स्थगित भइ आगामी वर्षको जनवरीमा पुनः सुचारु हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया