कोरोना बीमाबापत् ५ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी

काठमाडौँ : बीमा कम्पनीहरूले कोरोना बीमाबापत् ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । बीमा क्षेत्रको नियामक बीमा समितिका अनुसार, चैत मसान्तसम्म ६० हजार पाँच सय ८७ जनालाई उक्त रकम भुक्तानी गरिएको हो ।
कोभिड–१९ विरुद्धको बीमामा ९१ हजार ६ सय ७३ ओटा मागदाबी परेका छन् । बीमा दाबी भुक्तानी भएका ६० हजार पाँच सय ८७ का अतिरिक्त ४३८ मागदाबी स्वीकृतिको प्रक्रियामा छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा कोभिड–१९ को पीसीआर (पोलिमरेज चेन रियाक्सन) परिक्षण पोजिटीभ देखिएकाहरूको रिपोर्ट रूजु गरेर मात्र बीमा दाबी भुक्तानी दिने गरिएको छ ।
पछिल्लो पटक महाशाखामा ३७ हजार तीन सय ८६ दाबीको विवरण रूजु गर्न पठाइएकोमा १८ हजार पाँच सय २७ ओटा विवरण रुजु भएको थियो । थप एक हजार चार सय ९५ मागदाबीका फाइलहरू रुजु गर्नका लागि महाशाखामा पठाउने क्रममा रहेका छन् । एक हजार नौ सय ८९ मागदाबीका फाइलहरूमा विवरण अपुरो भएकाले फिर्ता गरिएको छ भने ६ सय ६६ मागदाबीमा कतिपय केसहरूको दोहोरोपना र दाबी नलाग्ने बीमा समितिले जनाएको छ ।

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड,२०२५ समारोह भव्यता पूर्वक सम्पन्न

नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

प्रतिक्रिया