दक्षिणकाली नगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउने

काठमाडौँ- दक्षिणकाली नगरपालिकाले अनुमति नलिएका र अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ । नगरपालिकाले अनधिकृत बोर्डहरू ३० दिन भित्रमा हटाउन निर्देशन दिएको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा लेखिएको छ,' होर्डिङ बोर्ड तथा विज्ञापनहरू सार्वजनिक ऐन २०३१ को दफा १९ अनुसार तथा यस कार्यालयको साउन २९ गतेको २९ निर्णय अनुसार ३० दिने सूचना प्रकाशन गरिएको छ ।'
तोकिएको समयमा नहटाएमा नगरपालिकाले जफत गर्नेछ । विज्ञापन हटाउँदा लागेको खर्च सम्बन्धित पक्षले बेहोर्नुपर्ने नगरपालिकाले बताएको छ ।
दक्षिणकाली नगरपालिकाको आर्थिक ऐन, २०७९ को दफा ८ अनुसूची-९ अनुसार डिजिटल बोर्ड राख्नुपर्नेछ ।
पसलमा राखिने परिचय पाटीको साइज २×३ को विद्युतीय होर्डिङ बोर्ड राखेमा विज्ञापन कर नलाग्ने नगरपालिकाले जनाएको छ । ठूलो साइजको परिचय पाटी भएमा र विज्ञापन मूलक सामग्री प्रचार गरेमा नियमानुसार शुल्क र कर लाग्ने छ ।
त्यस्तै, नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने समेत नगरपालिकाले प्रस्ट पारेको छ ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया