सैनिक मुख्यालयमा आचार संहिता सप्ताह शुरु
काठमाडौँ : सैनिक मुख्यालय जङ्गी अड्डामा तेस्रो आचार संहिता सप्ताह शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले बिहीबार आयोजित एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गर्दै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राखेको बताए ।
उनले भने, 'सेना जनताको विश्वासको केन्द्रविन्दु बन्न सफल भएको छ, यसको श्रेय अनवरत निश्वार्थ सेवा गर्ने भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जान्छ ।' सेनामा कार्यरत सकलदर्जाले आफू पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणका बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो ।
प्रत्येक जवानले स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील बनाउन अपरिहार्य रहेको जनाउँदै बलाधिकृत शर्माले सकलदर्जाले आचरण मर्यादित र नैतिकवान बनाउन प्रेरणा मिल्ने धारणा व्यक्त गरे । उक्त सप्ताह यही वैशाख ९ गतेसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मानवीय आचरण र मूल्य मान्यता सम्बन्धमा स्वामी पुरुषोत्तमले अभिप्रेरणात्मक प्रवचन भएको उक्त कार्यक्रम शुभारम्भका अवसरमा सैनिक आचार संहितासम्बन्धी डकुमेन्ट्री प्रदर्शन गरिएको जानकारी दिइयो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा विधि र पद्धति स्थापित गर्ने हेतुले प्रत्येक वर्ष यस खाले कार्यक्रम गर्ने सोचका साथ तीन वर्षअघि उक्त कार्यक्रमको थालनी गरेका हुन् । रासस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया