महिला साफः माल्दिभ्सविरुद्ध पाकिस्तानको शानदार जित

काठमाडौँ- काठमाडौँमा जारी साफ महिला च्याम्पियनसीप फुटबलमा पाकिस्तानले पहिलो जित हात पारेको छ । प्रतियोगिताबाट बाहिरिसकेको पाकिस्तानले समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा माल्दिभ्सलाई ७-० गोलअन्तरले पराजित गरेको हो ।
यसअघि पाकिस्तानले भारतसँग ३-० र बंगलादेशसँग ६-० ले पराजित भएको थियो । यता यो माल्दिभ्सको लगातार तेस्रो पराजय हो । माल्दिभ्सले पहिलो खेलमा बंगलादेशसँग ३-० र भारतसँग ९-० ले पराजित भएको थियो ।
आजको खेलमा पाकिस्तानलाई जित दिलाउन नादिया खानले ४ गोल गरिन् । एउटै खेलमा चार गोल गर्ने उनी दोस्रो खेलाडी बनेकी छन् । यसअघि भारतकी अन्जु तामाङले माल्दिभ्सविरुद्ध ४ गोल गरेकी थिइन् ।
पाकिस्तानका लागि रामिन फारिद, खादिजा काज्मी र अनमोल हिराले पनि एक-एक गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया