आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

आज पनि ठूलो हावाहुरी चल्ने : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । आज पनि देशका विभिन्‍न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू-भागमा आंशिक बादल रहेको अवस्था रहेको उल्लेख गरेको छ । देशका पहाडी भू-भागका थोरै स्थानमा अपरान्ह/साँझतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

आज दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  प्रदेश १ र सूदरपश्चिम प्रदेशकालगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ विभागले जानकारी गराएको छ ।

आज राती प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकि पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शनिबार दिउँसो देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।   देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ भने राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।