बार्सिलोनाको पोस्टमा बायर्नको दुई गोल

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ । समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो ।
५०औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा बायर्न२-० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न ६ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया