लिभरपुलले जित्दा टोटेनहम पराजित

काठमाडौँ- च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब लिभरपुलले जित हात पार्दा टोटेनहम पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा लिभरपुलले नेदरल्यान्ड्सको अयाक्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
यस अघि पहिलो खेलमा इटालियन क्लब नापोलीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
मंगलबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक-एक गोल गरे । अयाक्सका लागि एकमात्र गोल मोहमद कुडुसले गरे ।
यता समूह ‘डी’ अन्तर्गत पोर्चुगिज क्लब स्पोर्टिङ लिजबनले इंग्लिस क्लब टोटेनहमलाई २-० गोलअन्तरले पराजित गरेको हो । लिजबनलाई जित दिलाउन डियाज फर्नान्डेज र गोमेज लौरेन्कोले एक-एक गोल गरे ।
समूह अन्तर्गत पहिलो खेलमा टोटेनहमले फ्रेन्च क्लब मार्सेललाई २-० ले पराजित गरेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया