प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा

काठमाडौँ- नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुर्व्यवहार भएकामा घटनाको निन्दा गरेको छ ।
शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुर्व्यवहार गरेका थिए । महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्तो पवित्रस्थललाई आफ्नो राजनैतिक क्रिडास्थल नबनाउन र समग्र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा कायम राख्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई कडा कारबाही र विद्यालयमा भयमुक्त वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

प्रतिक्रिया