कोभिडका कारण चाइनिज सुपर लिगका खेलहरु स्थगित
काठमाडौँ- चाइनिज सुपर लिग फुटबलको दुई चरणको खेलहरु स्थगित गरिएका छन् । कोभिड-१९ सँग जुध्न लिगको दुई चरणको खेलहरु सेप्टेम्बर अन्त्यसम्मका लागि स्थगित गरिएको रोयटर्सले जनाएको छ ।
आइतबार र सोमबारका लागि तय भएको १७ औँ चरणका खेलहरु सेप्टेम्बर २४ र २५ तथा सेप्टेम्बर २३ र २४ का लागि तय भएको १८ औँ चरणका खेलहरु सेप्टेम्बर २९ र ३० तारिखमा खेलाइने भएको छ ।
१९ औँ र २० औँ चरणका खेलहरु भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएका छन् । अगस्ट ५ मा लिग पुनः सुरु भएयता १५ खेलहरु स्थगित वा ती खेलका तालिका परिवर्तन भएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया