महारानीलाई श्रद्धाञ्जली अर्पण गर्न बेकह्याम १२ घण्टा लाइनमा
काठमाडौँ- इंग्ल्यान्डका पूर्व फुटबलर डेभिड बेकह्यामले निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गर्न १२ घण्टा लाइनमा बसेका थिए ।
इंग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल स्टार ४७ वर्षीय बेकह्यामले वेस्टमिनिस्टर हलसम्म पुग्न १२ घण्टा लाइनमा लागेको बीबीसीले जनाएको छ । भिडियोहरुमा उनले आँशु पुछ्दै गरेको देखाइएको छ ।
‘यहाँ हुनु विशेष छ । मानिसहरुका विभिन्न कथाहरु सुन्न पाउनु विशेष हो,’ सर्वसाधारणसँगै लाइनमा लागेका बेकह्यामले भने ।
फुटबलमा योगदान पुर्याएको भन्दै सन् २००३ मा बेकह्यामले महारानीबाट अर्डर अफ द ब्रिटिस एम्पायर (ओबीई) प्राएका थिए । उनले उक्त क्षणहरु पनि सम्झिएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया