यू-२० एसियन कप छनोटः नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ- बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत नेपालले आज अन्तिम खेल खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल बहराइनस्थित शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा नेपाली समय अनुसार ८:४५ बजेबाट सुरु हुनेछ ।
अघिल्ला तीन खेलमा पराजय भोगिसकेका कारण नेपाल सन् २०२३ मा हुने एएफसी यू-२० एसियन कपबाट बाहिरिसकेको छ । त्यसैले आजको खेलमा नेपाल केवल छनोटको यात्रा सुदख रुपमा अन्त्य गर्ने योजना सहित मैदानमा उत्रने छ ।
यसअघि पहिलो खेलमा नेपालले भुटानसँग २-०, दोस्रो खेलमा कतारसँग ३-१ र तेस्रो खेलमा ६-० को पराजय भोगेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया