आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

आज पनि हावाहुरी र असिनासहित वर्षाको सम्भावना : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । आज पनि देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ । हाल देशको सूदुर पश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बादली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशको पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।   प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ । सोमबार राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।