एमाले श्रमिकको पक्षमा छ: नेता राना

मकवानपुर- नेकपा एमाले सधैँ श्रमिकको पक्षमा रहेको पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर रानाले बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगरपालिका कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा नेता रानाले यस्तो बताएका हुन् ।
एमालेले नै योगदानमा आधारित सामाजिक सुरक्षाको सुरु गरेको भन्दै आगामी मंसिर ४ को चुनावपछि एमालेको सरकारमा बन्न दाबी गरे । सबै श्रमिकहरूका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी एमालेले नै लागू गर्ने उनले बताए । आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएको र सामाजिक न्याय र लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि एमालेलाई जिताउन श्रमिकलाई परिचालित हुन उनले आग्रह गरे ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले श्रमिकहरूले बनाएको पार्टीको संरक्षण श्रमिक आफैँले नै गर्नुपर्ने बताए । आगामी निर्वाचनमा एमालेलाई जिताउन हरेक श्रमिकले २ मत बढाउने र ५ मत सुरक्षा गर्ने कामका लागि योजना बनाएर लाग्नुपर्ने उनकाे भनाइ छ ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्यहरू एवं मजदुर इन्चार्ज अर्जुन ढुङ्गेल र गीता कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । यसैगरी उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनीतिबारे प्रशिक्षण गराएको पार्टी सचिव नबिन सिग्देलले बताए ।
भेलाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मजदुर इन्चार्ज अर्जुन ढुङ्गेलको संयोजकत्वमा जिफन्ट आबद्ध घटकका प्रतिष्ठान इकाई तहका कमिटीका पदाधिकारी सदस्यहरू रहेको ३५१ सदस्यीय मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ । कमिटीका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया