ओलीले बोलाएको सर्वदलीय बैठक : को गए, को गएनन् ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा को-को सहभागी भए भन्ने चासोको विषय बनेको छ । बैठकमा कांग्रेसका शीर्ष नेताहरू सहभागी छन् भने नेकपा माओवादी केन्द्र सहभागी छैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हिजो नै एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेको बताए पनि आजको सर्वदलीय बैठकमा उनी गएनन् ।
बैठकमा कांग्रेसबाट कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी छन् । तर संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने बैठकमा छैनन् । नेमकिपाका प्रेम सुवाल र राप्रपाका प्रकाशचन्द्र लोहनीलगायत सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत छन् । तर एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल भने बैठकमा सहभागी छैनन् ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया