काठमाडौँ महानगरद्वारा बाह्य विज्ञापनमा रोक

काठमाडौँ- राजधानी सहरलाई कुरूप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल बोर्ड/अन्य माध्यम समेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।
यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ ।
सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया