लागूऔषधसहित चार जना समातिए

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित ४ जना र एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ९५ किलो गाँजासहित ना ८ ख २५४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ११ बाट ना ८ ख २५४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकको पछाडीको भागभित्र ६ वटा पोकामा ९५ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेको र प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले ११ किलो २०० ग्राम लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ना २ ह २३६३ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा उक्त अटोको सिट पछाडीको खाली भागमा तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अटो चालक हेटौंडा १९ बस्ने ६० वर्षीय प्रेमबहादुर थिङ र सोही अटोमा रहेका हेटौंडा ३ का अन्य दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी १५० मिलि ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने कालो धुलो पदार्थसहित मकवानपुर प्रहरीले अर्को १ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा ११ नमुना टोलस्थित सडक खण्डमा शंकास्पद रुपमा हिँडिरहेका स्थानीय २४ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले नियन्त्रणा लिएको हो । विश्वकर्मामाथि अनुसधान भइरहेको प्रहरीले जनाएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया