खानेपानी र ढल निर्माणको योजना बनाउँदै हेटौंडा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका खानेपानी र ढल निर्माण योजनाकाे तयारीमा रहेकाे छ । बढ्दाे शहरीकरणसँगै व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको हाे ।
हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा भएकाे छलफलमा व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा रहेकाे बताइएकाे हाे । एसियाली बिकास बैंकको सहयोग तथा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको जनाएकाे छ ।
आयोजनाअन्तर्गत सन् २०५५ सम्मको डिपिआर योजनासहित शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहोर व्यवस्थापन र व्यवस्थापनको बिषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले जमिन वर्गीकरणको कामलाई रोक्दै एकीकृत व्यवस्थित शहरको निर्माण र विकासमा अघि बढ्ने बताइन् ।
उनले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुङ्गो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताइन् । उनले भनिन् ‘अब हुने बिकासको काममा यसअघि लगानी भएका पूर्वाधारको प्रयोग गरेर अघि बढ्दा सहज हुन्छ ।’ उनले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएरै विकासको काममा अघि बढ्ने तयारीमा रहेको बताइन् ।
कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको वितरण, आवश्यक पूर्वाधार र व्यवस्थापन सम्बन्धमा बताएका थिए । बिष्टले अहिलेसम्म बोर्डले २२ वटा डिप बोरिङ, ७ वटा.समवयलवाट उत्पादन भएको पानी २२ हजार २ सय ५० धारामार्फत् खानेपानीको वितरण भैरहेको बताए । बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी दैनिक वितरण गर्दै आएको उनले जानकारी दिए ।
व्यवस्थित ढल र खानेपानीको व्यवस्थापनमा परामर्शदातासहितको टोलीले हेटौडा उपमहानगरपालिकाकाे विकसित हुँदै गरेका वडामा निर्माण हुने भवन र पूर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरेका छन् । छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया