बार्सिलोनाले जित्यो ३१ औँ कोपा डेल रे कप उपाधि

काठमाडौँ : एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोनाले स्पेनिस कोपा डेल रे कप फुटबलको उपाधि जितेको छ । शनिबार राती बिल्बाओलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले दुई वर्षपछि पहिलो उपाधि उचालेको हो । यो बार्सिलोनाको ३१ औँ कोपा उपाधि हो ।
बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा एन्टोइनी ग्रिजमेन र डीजोङले एक एक गोल गरे । व्यक्तिगत रुपमा बार्सिलोनामा मेस्सीका लागि यो उनको सातौँ कोपा उपाधि हो । यसअघि उनले २००९ मा पहिलोपटक कोपा उपाधि जितेका थिए ।
बिल्बाओ भने एकै वर्ष दुई फाइनल खेल्न पाएपनि उपाधि चुम्नबाट बञ्चित रह्यो । गएको महिना कोभिड १९ का कारण रोकिएको फाइनल खेल्दा बिल्बाओ रियल सोसिडाडसँग पराजित भएको थियो । एक महिनापछि बार्सिलोनासँग कोपा फाइनल खेल्दा पनि बिल्बाओ स्तब्ध बन्यो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया