म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौँ : युरोपकै उत्कृष्ट टिम म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा पुगेको छ । शनिबार राती भएको पहिलो सेमीफाइनलमा चेल्सीले सिटीलाई १-० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
चेल्सीलाई जिताउन हाकिम जियाचले निर्णायक गोल गरे । दोस्रो हाफको ५५ औँ मिनेटमा उनले गरेको आकर्षक गोलले चेल्सी फाइनल पुग्न सफल भयो । दोस्रो सेमीफाइनलमा आइतबार साउथह्याम्पटन र लेस्टर सिटी खेल्नेछन् । चेल्सीले अब उपाधिका लागि मे १५ मा लेस्टर र साउथह्याम्पटनको विजेतासँग खेल्नेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया