इटाली फाइनल चरणमा

काठमाडौँ- हंगेरीलाई २-० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे ।
२७औं मिनेटमा रास्पाडोरीले सुरुआती गोल गरे । ५२ औं मिनेटमा फेडेरिकोले दोस्रो गोल गरे ।
जितसँगै लिग ए समूह ३ बाट इटालीले ६ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रह्यो । हंगेरी १० अंक जोडेर दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३-३ गोलको बराबरी खेले । जर्मनी तेस्रो स्थानमा रह्यो भने इंग्ल्यान्ड पुछारमा रह्यो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया