आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

३० चैतमा स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेरबारे छलफल गर्न बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍न लागेको हो । 

यसअघि चैत्र ३० गते बस्ने तय भएको बैठक नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो । बैठकमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा बुझाउने मिति र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको संगठनमा समायोजनको कार्यतालिका परिवर्तन गर्ने तयारी छ ।

पार्टी पदाधिकारीको २९ चैतमा बसेको अनौपचारिक बैठकमा त्यो सहमति बनिसकेको छ । त्यस्तै बैठकमा मुलुकको समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।