मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

पाकिस्तान र इंग्ल्यान्डबीचको छैटौं खेल आज

काठमाडौँ- पाकिस्तान र इंग्ल्यान्डबीचको सात खेलको टी-ट्वान्टी सिरिजको छैटौँ खेल आज हुँदैछ । पाकिस्तान र इंग्ल्यान्डबीचको खेल लाहोरमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

सिरिजमा घरेलु टोली पाकिस्तान ३-२ ले अघि छ । आजको खेलमा पाकिस्तानले जित हात पारे एक खेल अगावै सिरिजमाथि कब्जा जमाउनेछ । यदि इंग्ल्यान्डले जित हात पारे सिरिज ३-३ को बराबरीमा पुग्नेछ र अन्तिम खेलले विजेताको टुंगो लाग्नेछ ।

सुरुवातको पहिलो खेल जितेको पाहुना टोली इंग्ल्यान्डले दोस्रो खेलमा भने पराजित भएको थियो । त्यसैगरी, तेस्रो खेल इंग्ल्यान्डले जित्दा चौथों र पाँचौ खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको थियो ।