प्ले-स्टोरमा पुन: फर्कियो इ-सेवा

काठमाडौंँ - मोबाइल वालेट इ-सेवा पुन: प्ले-स्टोरमा उपलब्ध भएको छ । शुक्रबार अपरान्ह ५ बजेदेखि प्राविधिक कारणले प्ले स्टोरबाट हटेको इ-सेवा पुन: उपलब्ध भएको हो । मोबाइलमा पहिले नै इन्स्टल भएको एप बाहेक नयाँ डाउनलोड गर्न चाहने प्रयोगकर्ताहरू यो समस्याका कारण प्रभावित भएका थिए । अब भने एन्ड्रोइड प्रयोगकर्ताले यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।
यसअघि खल्ती, आईएमई पे लगायतका एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थियो । इ-सेवा प्ले स्टोरबाट हटेपछि यसका प्रयोगकर्ताहरू सुरक्षाका विभिन्न कारणले गर्दा प्ले स्टोरले हटाएको भन्दै चिन्ता गरेका थिए । कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एप उपलब्ध रहेको जानकारी दिएको छ।

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

प्रतिक्रिया