आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कांग्रेस केन्द्रीय समितिको बैठक भोलिलाई सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो ४ बजेसम्मलाई स्थगित भएको छ ।  आज दिउँसोको लागि बोलाइएको बैठक बस्दै नबसी सरेको हो ।  ‘आज बैठक नै बस्न सकेन बैठक भोलि ४ बजे बस्ने गरी सरेको छ,’ कांग्रेस नेता अर्जुनरसिंह केसीले भने । 

बैठकको लागि तयारी नपुगेको भन्दै भोलिसम्मको लागि सारिएको बताइएको छ ।   आजको बैठकमा क्रियाशील सदस्यता तथा नवीकरणको विषयमा र समसामयिक राजनीतिक घटनाक्रममा छलफलको एजेण्डा तय भएका थिए ।