संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा नेपाल पत्रकार महासंघको विदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितको पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन् ।
संसदलाई जनमुखी बनाउन थालेपछि घेराबन्दी गरिएको र विभिन्न अभिव्यक्ति आउने गरेको भन्दै उनले यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको बताए । सापकोटाले अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरे ।
सभामुख सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफूलाई जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे । उनले देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने बताए । उनले कानुन निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई प्रभावकारी ढंगले चलाउन प्रयास गर्ने बताए ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया